Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

छात्रको लामो कपाल नकाट्न विद्यालयहरुलाई महानगरको सर्कुलर

काठमाडौँ महानगरले सामुदायिक र संस्थागत विध्यलायहरुलाई लामो कपाल भएका विद्यार्थीको कपाल मुन्डन नगर्न सर्कुलर गरेको छ ।

महानगरले सर्कुलर जारी गर्दै महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनि जन गुनासा प्राप्त भएको उल्लेख गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन निर्देशन दिएको छ ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन अनुरोध गरेको छ ।