Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, १९ जना घाइते

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना भएकाे छ । बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०/५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो ।

उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरिएकाे छ । दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा काम गर्ने कामदारहरू हुन् । उनीहरू काम गरेर खाना खान ट्याक्टर चढेर आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।