Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बाह्रबिसेबाट बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको सामानसहित नियन्त्रणमा

बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चाईनिज किराना सामानसहित सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–४ स्थित बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी राखी ल्याउँदै गरेको सामानको बिजलविजक तथा भन्सार प्रज्ञापन पत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई समेत नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका सामानहरु स्टेशनरी, खेलकुद तथा किराना लगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मुल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख मुल्यसहित जम्मा मुल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।

नियन्त्रणमा लिईएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको छ ।