Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पेट्रोलको मुल्य बढ्यो, डिजलको घट्यो

 नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १६३ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।

oil1765810473.jpg
undefined