Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

“म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेलको निःशुल्क टिकट प्राप्त गर्नेछन्। ।

साथै, विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन् । केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा यो ब्राण्ड एक विश्वासीलो ब्राण्डका रूपमा स्थापित भइसकेको छ । अत्याधुनिक प्रविधिबाट तयार गरिएका केन्टका वाटर प्युरिफायरहरूले परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएका छन् ।

यस योजनामा सहभागी हुन ग्राहकहरूले केन्ट (स्पेस) वारेन्टि कार्ड नम्बर (स्पेस) ग्राहकको नाम (स्पेस) ग्राहकको ठेगाना उल्लेख गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ भने सर्त तथा नियमहरू लागू हुनेछन् । यस सम्बन्धी थप जानकारीका लागि केन्टका आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।