रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटना आज सोमबार बिहान करिब ६ बजे भएको हो ।
परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो। सो दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक दुबै जनालाई तत्काल भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज् पुर्याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको छ ।
रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन।