Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ ।  यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ३८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३८२५ मा कारोबार भएको थियो ।