अस्ट्रेलियाको सिड्नीस्थित मानिसहरूको भिड रहेको समुद्री किनार अर्थात् बन्डी बिचमा गोली चलेको छ । आइतबार उक्त किनारमा कार्यक्रमसमेत भइरहेको थियो।
यसै कार्यक्रमबिच दुई जना संदिग्धले गोली चलाएका थिए। उनीहरूले चलाएको गोली लागेर ९ जनाको मृत्यु भएको छ भने २ जना प्रहरीसहित ११ जना घाइते भएका अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। गोली चलाउने एक व्यक्तिलाई सर्वसाधारणले नियन्त्रणमा लिएको थियो। ती व्यक्तिको पनि गोली प्रहारमा मृत्यु भएको छ ।
त्यस्तै, एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।