Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्‍यो महान्यायाधिवक्ता भण्डारीलाई निलम्बन

महान्याधिवक्ता सबिता भण्डारी बराललाई ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले सदस्यबाट निलम्बन गरेको छ। उनी विवादमा जोडिएपछि ट्रान्सपरेन्सी कार्यसमितिले उनलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।

उनीमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए।
 
उनी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन्।