रिलायन्स स्पिनिङ मिल्सको सेयर (आईपीओ) खुल्ने भएको छ । पुस ७ गतेदेखि भने
आईपीओ खुल्ने भएको हो ।
उक्त कम्पनीले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर खोल्न लागेको छ । कम्पनीको कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये एक लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारमा रहेकालाई र बाँकी सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्टाएको छ ।
बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा सर्वसाधारणका लागि तय भएको छ । यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ । नेपालमा बुक बिल्डिङ विधिबाट मूल्य तय भई आईपीओ निष्कासन हुनेमा यो दोस्रो कम्पनी हो ।
त्यस्तै, सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।