Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुन तोलाको ३५ सयले बढ्यो, चाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ३ हजार ५ सयले बढेर तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ३९०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ३८०५  मा कारोबार भएको थियो ।