Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भारतका पूर्वगृहमन्त्री पाटिलको निधन

भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको निधन भएको छ । समाचार एजेन्सी पीटीआईले पाटिलको ९१ वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ ।

महाराष्ट्रका मूल निवासी शिवराज पाटिलले मराठवाडाको लातूरबाट संसद सदस्यको रूपमा सेवा गरेका थिए । उनी २००४ देखि २००८ सम्म भारतको गृहमन्त्री थिए भने २००८ मा भारतको मुम्बई आक्रमणको समयमा पनि गृहमन्त्री थिए ।

उनले गृहमन्त्री, लोकसभाका सभामुख, पञ्जाबका गभर्नरसहित भारत सरकारमा धेरै प्रतिष्ठित पदहरू सम्हालेका थिए ।