नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। उनी विरुद्ध दर्ता भएको उजुरीका आधारमा रुपन्देही प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालको कानुनी श्रीमतीले बहुविवाहसम्बन्धी उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही पुर्जी कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालयको टोलीले नेपाललाई पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।