Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्र्तगत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

सुरुङमार्गमा काम गर्दै आएका ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३९ वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए । राई सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा अचानक लडेर घाइते भएका थिए । लडेर उनी करिब ५ मिटर तल पुगेको प्रहरीले जानकारी दिएको छ । 

घाइते भएका उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो । उनको आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ । राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ ।