कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरस्थित कफी फिलियासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअनुसार कफी फिलियामा बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदीक्षा श्रेष्ठेले हस्ताक्षर गरेकी थिइन् ।