Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

आयोगले सशस्त्रका महानिरीक्षक अर्यालको बयान लिदैँ

भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिने भएको छ।

आयोगका प्रवक्ता एवं पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार आयोगले महानिरीक्षक अर्याललाई आज बयानका लागि बोलाइएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिन दबाबमा रहेको बेला सशस्त्र महानिरीक्षक अर्यालको बयान लिन लागेको हो । 

तीन महिनाको कार्यादेश पाएको आयोगको म्याद पुस ९ गतेसम्म समय रहेपनि अहिलेसम्म राजनीतिक नेतृत्वको बयान लिएको छैन ।