Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दार्चुलाको घुसा केन्द्रविन्दु भएर एकाबिहानै भूकम्प

दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।