अमेरिकाको वासिङ्टन, डीसीमा गोलीबारी भएको छ, जसमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएका छन् । एफबीआई निर्देशक काश पटेलले यो घोषणा गरेका छन् ।
अधिकारीहरूका अनुसार, आक्रमणकारीले राष्ट्रिय गार्ड सदस्यहरूमाथि गोली चलाएको थियो। घटना ह्वाइट हाउस नजिकै भएको थियो ।सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगान नागरिक रहमानउल्लाह लकनवाल हुन्, जो २०२१ मा अमेरिका आएका थिए ।
भिडन्तको क्रममा संदिग्ध पनि घाइते भएका थिए र उनलाई अस्पताल लगिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्ध गम्भीर घाइते भएको बताएका छन् ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार, राष्ट्रपति ट्रम्पले आक्रमणपछि वाशिङ्टन, डीसीमा ५०० थप राष्ट्रिय गार्ड सदस्यहरू तैनाथ गर्ने आदेश दिएका छन् ।