Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सर्वोच्च अदालत जलाएको आरोपमा पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

 

जेनजेड आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको बताइएको छ।

ढुंगेल पूर्वमाओवादी निकट विद्यार्थी नेता भएको र सर्वोच्च परिसरमा आगजनी भइरहेको समयमा उनको उपस्थिति देखिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

यसअघि सर्वोच्च अदालतमा आगजनी प्रकरणमा पाँच जना पक्राउ परेका थे। ढुंगेलको पक्राउपछि यो घटनामा संलग्न भनिएकाहरुको संख्या ६ पुगेको छ।

सर्वोच्च अदालत जलाउने समूहलाई नियन्त्रणमा लिन अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोली गठन गरी अपरेशन सञ्चालन गरिरहेका छन्।