Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सर्वोच्च अदालत तोडफोड–आगजनी प्रकरणमा दुई जना पक्राउ

नेपाल प्रहरीले सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुर महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा सुरक्षाकर्मीको हतियार लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गत भदौ २४ गते ‘जेनी’ आन्दोलनका क्रममा अदालत भवनमा तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षाकर्मीको हतियार लुटपाट गर्नेलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ‘आपराधिक उपद्रव गर्न नहुने’ कसुरमा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।