Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

कारको ठक्करबाट महिलाको मृत्यु

धनुषामा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान धनुषाको मिथिला नगरपालिका-२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१- ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा मिथिला नगरपालिका- १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।  उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।