Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते

पाल्पामा विद्यार्थी बोकेको बस शुक्रबार (मंसिर ५) बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी होमप्रकाश चौधरीका अनुसार, घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।