Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बाजुराका प्रजिअ पौडेलको तीन महिना नपुग्दै सरुवा

बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको ३ महिना नपुग्दै सरुवा भएको छ। गत भाद्र १५ गते हाजिरी भएका पौडेलको तिन महिना नपुग्दै सरुवा भएको हो।

जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई मन्त्रालयले गत भाद्रमा बाजुरा पठाएको थियो ।त्यसबेला सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो।

गृह मन्त्रालयले  बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा गरेको हो। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरिएको जानकारी दिए ।

पौडेलको सरुवा भए संगै उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाईएको छ। ३ महिना नपुग्दै सरुवा भएका पौडेललाई आफ्नै गृह जिल्ला पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको हो।