Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दुर्गा प्रसाईं पक्राउ

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।