Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मेला हेरेर फर्कने क्रममा बुलेरो भ्यान दुर्घटना, १० जना घाइते

रौतहटको चन्द्रनिगाहपुर देउराली चोकमा महिन्द्रा पिकअप बुलेरो भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरबाट समाचकेवा मेला हेरेर फर्कने क्रममा सवारी दूर्घटनामा परेको हो ।

चन्द्रपुर नगरपालिका वाड न ४ को देउराली चोकमा गएराती साढे ११ बजेतिर मधेश प्रदेश –०३–००१च–७५२४ नम्बरको बलेरो भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

भ्यानमा सवार रहेका जना घाइते भएको र उनीहरूको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.लि र हाइवे अस्पतालमा उपचार भइरहेको छ।

सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी तिब्र गतिमा रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले जनाएको छ ।