Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चार जना प्रशिक्षकको बिदाई

राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई बिदाई गरेको छ ।

सेवा निवृत भएका प्रशिक्षकहरुमा हक्कीका मुख्य प्रशिक्षक रन्जन थापा, तेक्वान्दोका प्रशिक्षक राजेश प्रजापति, भलिबलका प्रशिक्षक महेश महर्जन र करातेका प्रशिक्षक सन्जय जोशी रहेका छन् ।

रन्जन थापा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको निवर्तमान अध्यक्ष समेत हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ५८ बर्षे उमेरहदका कारण सेवा निवृत्त भएका प्रशिक्षकहरुलाई बिदाई गर्दै शुभकामना दिएका छन् ।