एनसेलले सोमबारदेखि सुरु हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाइ एनसेल’लाई अझ आकर्षक बनाउन एनपीएल फ्यान प्याकहरू सार्वजनिक गरेको छ। दोस्रो संस्करणकाे एनपीएल अवधिभर ग्राहकले विभिन्न वान–टाइम र रिन्यूवल प्याक किन्दा प्याक अनुसार अतिरिक्त सेवा–सुविधा बोनस निःशुल्क पाउनेछन्।
कार्तिक २९ देखि मंसिर २७ सम्म लागू
फ्यान प्याकहरू कार्तिक २९ बाट लागू हुने र मंसिर २७ सम्म उपलब्ध रहनेछन्। प्याकअनुसार ग्राहकले २५ वा ५० मिनेट अन-नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी वा १ जीबी डेटा जस्ता एक–दिनका बोनस सुविधा पाउनेछन्।
यसका अतिरिक्त, एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस तथा एनपीएल खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ।
“एनपीएल फ्यान प्याकले नेपाली क्रिकेट फ्यानमा थप ऊर्जा र उत्साह पैदा गर्नेछ,” एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने। “क्रिकेटले सबैलाई जोड्छ, र ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ भन्ने थीमसँगै हामी फ्यानसँग अझ नजिक हुन चाहन्छौं।” एनसेलले भनेको छ ।
११ प्रकारका फ्यान प्याक
फ्यान प्याकमा यसपटक ११ वटा प्याक समावेश छन्। रु. ९९ अनलिमिटेड डेटा, रु. २०० कम्बो, रु. २०० कम्बो रिन्यूवल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्यूवल, रु. ५९९ होम एन्ड अवे, यसकै रिन्यूवल, रु. ९९ अनलिमिटेड अल नेपाल, यो रिन्यूवल, रु. २९९ अनलिमिटेड अल नेपाल तथा यसको रिन्यूवल।
प्याकअनुसार उपलब्ध सुविधाहरूः
रु. ९९ अनलिमिटेड डेटा — २५ मिनेट अन-नेट कल
सधैं अन ३९९ / ३९९ रिन्यूवल — निःशुल्क टिकटक
रु. ५९९ होम एन्ड अवे / रिन्यूवल — निःशुल्क यूट्युब
रु. २९९ अनलिमिटेड अल नेपाल — १ जीबी डेटा बोनस
सबै बोनस सुविधा १ दिनका लागि मान्य हुनेछन्।
एनपीएल दोस्रो संस्करण
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। एनसेलले खेलकुदसँग आफ्नो दीर्घ सम्बन्धलाई यस सहकार्यले झनै मजबुत बनाएको बताएको छ।