Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ

गत भदौ २४ गतेको आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न काठमाडौं महानगर- १३ टंकेश्वर बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

साथै श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।