Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

नक्कली प्रमाणमात्र पेश गरि नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर

अख्तियार दुरपयोग अनुसन्धान आयोगले झापाको दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपपत्र दायर गरेको छ ।

अख्तियारले शिक्षक निरौलाले २०५५ सालमा दीपिनी आधारभूत विद्यालय, दमक-५ झापाको प्रावि तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत २०७५ चैत्र २८ गते स्थायी नियुक्ति लिएको र सोहि विद्यालयमा प्रावि तह तृतीय श्रेणीको शिक्षकको रुपामा हालसम्म कार्यरत रहेकोमा उनले पेश गरेको बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको प्रमाण पत्र नक्कली भएको प्रमाणित भएको पुष्टि भएकाले बुधबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले निरौलाले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पुष्टि भएकोले शिक्षक पदमा कार्यरत रही तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधासमेत प्राप्त गरी कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ ।