Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

गृहमन्त्री अर्यालसँग महानिरीक्षक खापुङको बिदाई भेट

नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाई भेट गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका थिए । खापुङलाई गृहमन्त्री र गृहसचिवलगायतले शुभकामना दिदै बिदाई गरेका थिए ।   

खापुङ आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जादैछन् । सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको छ । कार्की २०८४ को चैत्र १७ गतेसम्म महानिरीक्षकको भूमिकामा रहने छन् ।