Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेनले किसानको अपमान गरेको भन्दै महासंघको माफी माग्न चेतावनी

काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी 'किसानझैँ फोहर' भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुकको प्रमुख  र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गरेको छ । काठमाडौं महानगरको मेयरजस्तो जिम्मेबार पदमा आसिन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुनु खेदजनक रहेको बताएको छ ।

महासंघले मेयर साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न चेतावनी दिदै अन्यथा शाहको विरुद्धमा महासंघले थप कदम उठाउने बताएको छ ।