Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मेयर बालेनले किसानलाई ‘फोहोरी’ भनेपछि...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले किसानलाई फोहोरी भनेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।


बालेनको फेसबुक एकाउन्टबाट सोमबार एउटा कविता सार्वजनिक भएको थियो । त्यसको एक हरफमा उनले लेखेका छन्, ‘जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर।’


बालेनले किसानलाई फोहोरसँग तुलना गरेपछि उनको आलोचना भएको हो। उनको यो कविताको स्क्रिनसर्ट सेयर गरेर धेरैले उनको किसानप्रतिको धारणा गलत भएको तर्क गरेका छन् ।

balen.png
undefined