Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सिरहाबाट स्रोत नखुलेको रकमसहित पक्राउ

सिरहा नगरपालिका-२० लकडिगदियानीबाट स्रोत नखुलेको नगद ८ लाख २५ हजार रूपैयाँ सहित कल्याणपुर नगरपालिका-१ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक राशिन्द्रलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।