Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपिन जोशीको नाम सूचीमा छैन

प्यालेस्टिनी समूह हमासले सोमबार रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ, तर तीमध्ये नेपाली नागरिक विपिन जोशीको नाम भने छैन।

प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ र बीबीसीले प्रकाशित गरेको नामावलीमा अधिकांश इजरायली नागरिकहरू रहेका छन्। विपिन जोशीलाई जीवित बन्धकको रूपमा अघिल्लो सूचीमा समावेश गरिए पनि आजको रिहाइ सूचीमा उनको नाम नआएपछि उनी कहिले रिहा हुने भन्ने विषय फेरि अनिश्चित बनेको छ।

हमासले सार्वजनिक गरेको २० बन्धकको सूची

बार कुपरस्टाइन

एब्यातार डेविड

योसेफ-चाइम ओहाना

सेगेव काल्फन

अविनातान ओर

एल्काना बोहबोट

म्याक्सिम हेरकिन

निमरोड कोहेन

माटान झाङाउकर

डेभिड कुनीओ

एइतान होर्न

माटान एन्ग्रेस्ट

एइतान मोर

गाली बर्मन

जिभ बर्मन

ओम्री मिरान

अलोन ओहेल

गाइ गिल्बोआ-डलाल

रोम ब्रास्लाब्स्की

एरिएल कोनियो ।