Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

वीर अस्पतालका लेखा अधिकृत एक लाख २० हजार घुससहित पक्राउ

वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाल एक लाख २० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा लिएको एक लाख २० हजार ८५० घुससहित आफ्नै कार्यकक्षबाट पक्राउ परेको जानकारी दिएको छ ।

अख्तियारले आइतबार सो रकमसहित  एक थान मोबाइल र अन्य सम्बन्धित कागजातहरु सहित निजकै कार्यक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।