Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

करिब २१९ किलो गाँजासहित धादिङबाट दुई जना पक्राउ

धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २१९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने २८ वर्षीय दिननाथ यादब र कालिकामाई गाउँपालिका-१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् ।

प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले बिआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा क्याबिन पछाडि ढालामा फल्स बटन बनाई ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।