यौन धन्दा चलाएको सूचनाका आधारमा प्रहरीले नेपालगञ्जका चार होटल तथा रेस्टुरेन्टमा छापा मारी ४५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार बिहीबार राति छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी–कर्णाली होटल, रिभरसाइड होटल र दंगाली होटलमा छापा मारिएको हो।
छापा मार्ने क्रममा ३१ जना महिला र १४ जना पुरुष पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये धेरैजसो पुरुष भारतीय नागरिक रहेका छन्।
प्रहरीले लामो समयदेखि ती होटलहरूमा यौन धन्दा बढेको भन्ने जनगुनासो र सूचनाको आधारमा निगरानी गर्दै आएको थियो। प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।