Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

टिकटकले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा यसको एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ।

प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल, नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जसले नेपाली महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ। यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका शशक्त कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउनेछ।

यो सहकार्य १ जुलाईदेखि १५ सेप्टेम्बर २०२५ सम्म चल्नेछ, जसअन्तर्गत मिस नेपालको एक्सक्लुसिव ब्याकस्टेज मोमेन्ट्सदेखि रेड कार्पेटका झलकहरूसम्मका सम्पूर्ण गतिविधि टिकटकमा एकीकृत गरिनेछ।मिस नेपाल २०२५ लाई आधिकारिक ह्यासट्याग #MissNepal मार्फत टिकटकमा प्रवर्द्धन गरिनेछ जसले कन्टेन्ट डिस्कभरी र राष्ट्रव्यापी सहभागितालाई बढावा दिनेछ। “मिस नेपालसँगको यो सहकार्य हाम्रो निरन्तर प्रयासको हिस्सा हो, जसले स्थानीय प्रतिभालाई उजागर गर्न र समुदायका कथाहरूलाई सिर्जनात्मक, समावेशी र प्रेरणादायी तरिकाले प्रस्तुत गर्न मद्दत गर्दछ,” टिकटकका दक्षिण एशियाका लागि कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले भने, “नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मनोरञ्जन पार्टनर बन्दै हामी देशको सांस्कृतिक र सिर्जनात्मक इकोसिस्टममा हाम्रो भूमिकालाई गहन बनाउँदैछौं र नेपाली आवाजलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च पनि प्रदान गर्दैछौं।”

मिस नेपाल एक्सपिरियन्समा टिकटक क्रिएटरहरूलाई पनि विशेष पहुँच दिइनेछ, जसअन्तर्गत उनीहरूले बिहाइन्ड-द-सीन कन्टेन्ट र कल्चरल कोलाबोरेसनहरू सिर्जना गर्नेछन्, जसले प्रतियोगीका कथाहरूलाई अझ व्यापक दर्शकसम्म पुर्‍याउनेछ र अभियानको पहुँचलाई बढाउनेछ। “हामी मिस नेपाल २०२५ का लागि टिकटकलाई आफ्नो एकमात्र मनोरञ्जन पार्टनरको रूपमा स्वागत गर्न पाउँदा रोमाञ्चित छौं। यो सहकार्यले विशेषगरी हाम्रो प्लेटफर्म र टिकटक दुवैको केन्द्रमा रहेका युवापुस्तालाई मिस नेपालको अनुभव अझ नजिकबाट नियाल्न मद्दत गर्नेछ। हामीले यस वर्षका प्रतियोगीहरूको विविधता, सिर्जनशीलता र सपनालाई नयाँ र आकर्षक तरिकामा सेलिब्रेट गर्न सँगै अघि बढ्ने विश्वास लिएका छौं,” मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले भने।
यो सहकार्यले प्रतियोगीहरूको यात्रालाई दर्शकहरूसम्म अझ नजिक ल्याउने र इन्टरेक्टिभ कन्टेन्ट तथा क्रिएटर-लेड प्रस्तुतिहरू मार्फत व्यापक सहभागितालाई आमन्त्रित गर्नेछ। एक्सक्लुसिव भिडियोहरू आधिकारिक टिकटक अकाउन्टमा उत्पादन र प्रकाशित गरिनेछन्, जसले यस अभियानभर फ्यान र फलोअरहरूका लागि टिकटक मुख्य डिजिटल डेस्टिनेसन बन्नेछ।  यस यात्रालाई पछ्याउन, www.missnepal.com.np मा जानुहोस् र टिकटकमा @missnepal लाई फलो गर्नुहोस्।

टिकटकको बारेमा
टिकटक छोटो अवधिका मोबाइल मोबाइल भिडियोका लागि अग्रणी गन्तव्य हो। हाम्रो लक्ष्य भनेको सिर्जनशीलतालाई प्रेरित गर्नु र खुशी ल्याउनु हो। टिकटकका ग्लोबल कार्यालयहरू लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सिओल र टोकियो लगायतका शहरहरूमा रहेका छन्। www.tiktok.com