शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौं गोर्खाज नयाँ पहिचानसहित एनपीएल–२ को तयारीमा

काठमाडौं गोर्खाज नयाँ पहिचानसहित एनपीएल–२ को तयारीमा

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • काठमाडौं गोर्खाज नयाँ पहिचानसहित एनपीएल–२ को तयारीमा

    नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै काठमाडौं गोर्खाजले नयाँ व्यवस्थापन, नाम, लोगो सार्वजनिक गरेको छ । राजधानीको प्रतिनिधित्व फ्रेन्चाइज टिमले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न पक्षमा भएको परिवर्तन सार्वजनिक गरेको हो ।

    पहिलोपटक काठमाण्डु गुर्खाजबाट काठमाडौं गोर्खाज नाममा परिवर्तन गर्दै टोलीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । नयाँ लोगोले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदालाई प्रतिनिधित्व गर्ने दाबी गरिएको छ । काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको टोलीले यसपटक व्यवस्थापनदेखि तयारीसम्मका धेरै पक्षमा नयाँ आयाम थपिएको बताएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई लक्षित गर्दै टोलीले आफ्नो गतिविधि केन्द्रित गर्ने जनाएको छ ।

    Photo (13) (2).jpg

    टोलीले वल्ड लिंकसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । सम्झौताअनुसार वल्ड लिंकको लोगो टोलीको जर्सीको अगाडिको भागमा देखिनेछ । काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र वल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    त्यस्तै, हस्पिटालिटी पार्टनरको रुपमा ‘रोयल टुलिप काठमाडौं’ फ्रेन्चाइजसँग जोडिएको छ । ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटल ‘रोयल टुलिप’ एनपीएल–२ का दौरान टोलीको आवासस्थल हुनेछ । सम्झौतामा काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र होटलका जेनेरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरेका थिए । टोलीले नेपाल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ । उनी आगामी महिनामा हुने मिनी अक्सनको समयमा नेपाल आउने अपेक्षा गरिएको छ ।

    Photo (11) (2).jpg

    मोन्टीको साथमा सहायक प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवा टोलीमा यथावत रहने छन् । बाँकी सपोर्ट स्टाफको टुंगो चाँडै लगाइने टोलीले जनाएको छ । टोलीले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसी, भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।

    त्यस्तै, टोलीको ट्रेनिङ पार्टनरको रुपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ । जैम्स स्कुल परिसरमा सञ्चालन हुने एकेडेमीमा फ्लडलाइट सुविधा पनि रहने बताइएको छ । निर्माण कार्य सम्पन्न भएपछि टोलीले यही एकेडेमीमा प्रशिक्षण गर्ने योजना बनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार