शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

साफ यु–२० महिला टोली स्वदेश फिर्ता

साफ यु–२० महिला टोली स्वदेश फिर्ता

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • साफ यु–२० महिला टोली स्वदेश फिर्ता

    साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । मंगलबार स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

    च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बंगलादेशसँगको खेलमा हार व्यहोर्नपर्दा दुःख लागेको बताइन् । छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने आफ्नो टार्गेट रहेको पनि उनले सुनाइन् ।  उनले भनिन्,‘धेरै मेहेनतका साथ खेलेका हौं । आफ्नो तर्फबाट सक्नेजति गरें । त्यसैमा खुसी छु । नमिठो हार व्यहोर्नु पर्दा दुःख लागेको छ । तर मेरो टार्गेट भनेको छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने नै हो ।’

    Photo (8) (1).jpg

    उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बंगलादेशसँग पराजित हुन पुगेको पनि बताइन् । बंगलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

    नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा  जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजित भएको हो ।  नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

    डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट