शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’

‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • ‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’

    मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नामकरण तोकेको छ । बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकाममा रहेको ‘गफाडी चौर’का रुपमा परिचित बिपी चोक नामाकरण गरिएको हो ।
     
    नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम गमगढी बजारको डिभिजन वन कार्यालय पछाडीको भाग, कृषि विकास कार्यालय मुगुमा जाने मुल बाटोको भाग र पुरानो जिल्ला शिक्षा कार्यालय जाने अगाडीको भागको खुल्ला स्थानलाई बिपी चोक नामाकरण गरिएको हो । 

    छायाँनाथ रारा नगरपालिका प्रमुख बिष्णुकुमार भामले महामानव बिपी कोइरालाको सम्मानमा बिपी जयन्तीकै अवसर पारी गमगढी बजारमा बिपी चोक नामाकरण गरिएको बताए ।

    उनका अनुसार गत असार २९ गते बसको १७ औँ नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाको व्यवस्थापनमा बिपी चोक नामाकरण गरी कार्यान्वयन गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार