शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति

भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति

    भक्तपुरको मध्यपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल बर्ड रेकर्ड कमिटीले सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ ।

    नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनका क्रममा असार ६ गते पहिलोपटक सो चरा देखेका थिए । टोलीका सदस्यहरूले उक्त चराको फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि चराको यकिन पुष्ट्याइँ गरिएको  रेकर्ड कमिटीले जनाएको छ ।

    कमिटीका अध्यक्ष डा तुल्सी सुवेदीले जारी गरेको विज्ञप्तिमा प्राप्त विवरणहरूको अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग रायसुझाव सङ्कलन गरी नतिजामा पुगेको  उल्लेख छ । यो चरा आइयुसियनको रेड्लिस्ट अनुसार लोपोन्मुख सूचीमा रहेको र यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रूपमा पाइने भएपनि बसाइँसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया, न्युजील्यान्डमा समेत पाइएको उल्लेख छ ।

    नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार योसहित नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट