Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कैलालीका बरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित पक्राउ

कैलाली, डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस सहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले यादवलाई घुस रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाट सोमबार पक्राउ गरेको हो ।

यादवले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि लिएको घुस रकमसहित अख्तियारले पक्राउ गरेको जनाएको छ ।