Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

२० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग ४-० ले पराजित

२० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल फाइनलमा नेपाल बङ्गलादेशसँग ४-० ले पराजित भएको छ ।

 बङ्गलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा भएको खेलको पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थपेको हो । योसँगै बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो । बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो । समान खेल खेलेको नेपालको १२ अंक मात्रै रह्यो ।

प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रोपल्ट हराएको हो । पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो । बंगलादेशले सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो । उमेर समूहमा बंगलादेशको यो पाँचौं उपाधि हो ।