Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुपति

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई तीन दिन हिरासतमा राख्न अदालतले अनुपति दिएको छ ।

सोमबार नै पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । अग्रवाललाई ठगी र विश्वासघात आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गरेको आरोप छ । अग्रवालको सेयर कारोबार बारे धितोपत्र बोर्डमा समेत उजुरी परेको बताइएको छ ।

उनले धेरै टिएमएस खाता संचालन गरिरहेको विषयमा बोर्डले अनुन्सधान गरिरहेको बुझिएको छ ।