शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा

पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा

    जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् ।

    पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक आन्दोलित भएका हुन् ।

    उनीहरुले गाउँपालिकाले जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले शिक्षकहरुको मुद्दाका विषयमा छलफल भइरहेको बताइन् ।

    गाउँपालिका तालाबन्दी भएपछि पालिकामा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार