Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

संघीय निजामती विधेयकमा एमालेका सांसदले संशोधन हालेकोप्रति शेखर कोइरालाको आपत्ति

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ नेकपा एमालेका सांसदहरुले राष्ट्र्यि सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले गठबन्धन दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित संशोधन हाल्नु एमालेको दोहोरो चरित्र भएको र देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका भएको टिप्पणी गरेका छन् । 

साथै कोइरालाले यस विषयमा कांग्रेसले एमालेको आधिकारी धारणा माग गर्नुपर्ने बताएका छन् । नेता कोइरालाले कुलिङ पिरियड जसरी पनि रहने बताएका छन् ।

उनले भनेका छन्- 'नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका हो । नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।