Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मधेसका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् ।

उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत काठमाडौंबाट गत जेठमा पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो ।

उनमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।