Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रौतहट उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

रौतहट उद्योग वाणिज्य संघमा रविन्द्रनाथ गोपालीको प्यानल नै विजयी भएको छ ।अध्यक्ष पदका लागि रविन्द्रनाथ गोपाली पहिले नै सर्वसम्मत रूपमा चयन भएका थिए । 

अध्यक्ष सर्वसम्मत भए पनि अन्य ११ सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो ।मत परिणाम अनुसार सदस्यमा रितेश अग्रवाल, सन्तोषकुमार केशरी, चन्द्रप्रकाश अग्रवाल, विनोद कुमार, राजु जयसवाल, सुनिल जयसवाल, भैरव साह, मनोज कुसवाहा, विजय कुशवाहा, दिपेन्द्र झा र अभिमन्यु गुप्ता विजयी भएका छन ।

नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम छिट्टै तोकिने निर्वाचन कार्यक्रम संयोजक ब्रिजकिशोर यादवले जानकारी दिए ।