Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विद्या भण्डारीको सदस्यता 'होल्ड' गर्ने निर्णय भएको छैन: उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुर्वराष्ट्रपति विद्या भण्डारीले एक बर्ष अघि नै सदस्यता नवीकरण गरेको दाबी गरेका छन् ।च्यासलस्थित पार्टी कार्यालय परिसरमा संचारकर्मीहरुसँग प्रतिक्रिया दिदै पाण्डे एक बर्ष अघिको सचिवालय बैठकमा महासचिवले भण्डारीले सदस्यता नवीकरण गरेको बताएको उल्लेख गर्दै अहिले सदस्यताको विषय नभएको बताए ।

पाण्डेले भण्डारीको सदस्यता होल्ड भएको भन्ने विषय सात नभएको भन्दै पार्टीले त्यस्तो कुनै निर्णय नगरेको बताए । पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो बैठकको अन्त्यमा यो विषय गम्भीर भएको र यसलाई छलफल गरेर टुंगाउने बताएको जानकारी दिए ।

एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएको थियो । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।

भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।